नियम २४
निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि
: (१) निरीक्षण अधिकृतले: ऐन तथा यस नियमावली बमोजिम निरीक्षण, जाँचबुझ.वा खानतलासी शुरु गर्ने क्रममा व्यवसायस्थलमा प्रबेश गर्दा सोको लिखित सूचना अनुसूची-३ बमोजिमको ढाँचामा सम्बन्धित वस्तुको उत्पादक, वितरक, बिक्रेता बा सेवा प्रदायकलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम स्‌चना दिएपछि निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु पर्ने वस्तु वा सेवासँग सम्बन्धित उद्योग, गोदाम, व्यापारिक परिसर, घर कम्पाउण्ड, ढुवानीको साधन वा अन्य कुनै ठाउँमा प्रवेश गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न वा सम्बन्धित व्यक्तिसँग तत्सम्बन्धी कुनै कागजात बा विवरण माग गर्न सक्नेछ ।

(३) उपनियम (२) बमोजिम खानतलासी गर्नु अघि निरीक्षण अधिकृतले सम्बन्धित उत्पादक, वितरक, बिक्रेता वा सेवा प्रदायक वा खानतलासी गरिने उद्योग, गोदाम, व्यापारिक परिसर, घर कम्पाउण्ड, ढुवानीको साधनको धनी वा निजको प्रतिनिधिबाट खानतलासीको काममा संलग्न व्यक्तिको जीउको तलासी लिन लगाई खानतलासी गर्ने स्थानमा प्रवेश गरी खानतलासीको काम सम्पन्न गरेको व्यहोराको अनुसूची-४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।

(४) निरीक्षण अधिकृतले उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा निरीक्षण वा जाँचबुझको प्रयोजनको लागि अनुसूची-५ - बमोजिमको वस्तु वा सेवाको परीक्षण सूची तयार गरी त्यस्ता वस्तु वा सेवा परीक्षणको लागि नमुना समेत सङ्कलन गर्न सक्नेछ ।

(५) निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अनुसूची-१ बमोजिमको अनुगमन तथा निरीक्षण फाराम समेत प्रयोग गर्नु पर्नेछ।

(६) उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने कार्यमा कसैले बाधा अवरोध गरेमा निरीक्षण अधिकृतले त्यस्तो बाधा अवरोध गर्ने व्यक्तिलाई मनासिब समय दिई सो -स्थाचबाट हट्नको लागि सूचना दिनु पर्नेछ। त्यसरी सूचना दिँदा नहटेमा वा प्रवेश गर्न बाधा अवरोध गरेमा निरीक्षण अधिकृतले आवश्यकता अनुसार बल प्रयोग गरी त्यस्तो बाधा अवरोध गर्ने व्यक्तिलाई हटाई वा सम्बन्धित भवनको कुनै झ्याल, ढोका, छेस्किनी खोली, तोडी भित्र प्रवेश गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्नेछ।

(७) उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ बा खानतलासी गर्दा सो स्थानबाट कुनै वस्तु वरामद गर्नु परेमा त्यस्तो वस्तु वा सोको नमुनाको विवरण उल्लेख गरी वस्तुको धनी र उपलब्ध भएसम्म स्थानीय तहका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी र स्थानीय व्यक्तिको रोहबरमा अनुसूची-६ बमोजिमको ढाँचामा बरामदी मुचुल्का तयार गर्नु पर्नेछ । त्यसरी तयार गरेको बरामदी मुचुल्काको एक प्रति सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।

(८) उपनियम (७) बमोजिम तयार गरेको बरामदी मुचुल्कामा साक्षी बस्ने मानिस फेला नपरेमा बा उपस्थित व्यक्तिहरूले साक्षी बस्न इन्कार गरेमा निरीक्षण अधिकृतले मुचुल्कामा सोही व्यहोरा जनाई आफूले दस्तखत गरी मिसिल साथ राख्नु पर्नेछ।

(९) खानतलासी लिँदा कुनै व्यक्तिको शरीरको तलासी लिनुपरेमा सो समेत लिन सकिनेछ र तलासी लिनुपर्ने व्यक्ति महिला भएमा निजको शरीरको तलासी महिला कर्मचारीबाट लिनु पर्नेछ।

(१०) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा व्यवसायको प्रकृति अनुसार यथासम्भव सूर्योदयदेखि सूर्यास्त भित्रको समयमा गर्नु पर्नेछ ।

(११) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यथासम्भव कसैको निजी वा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी नहुने गरी गर्नु पर्नेछ ।

(१२) निरीक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम गरेको निरीक्षण, जाँचबुझ वा खानतलासीको अभिलेख अनुसूची-७ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।